भृकुटीमण्डपमा पुस १२ देखि आठौं घरजग्गा मेला हुँदै, करिब साढे २ अर्बको कारोबार हुने अपेक्षा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी पुस १२ गते देखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट लगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने बताए ।

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने बताए । हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने धमलाको भनाइ छ। यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा राखेको जानकारी दिए।

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ। मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आँकलन गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स