हालसम्म ७ विकास बैंकले घोषणा गरे लाभांश

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट हालसम्म ७ वटा विकास बैंकहरूले लाभांश घोषणा गरेका छन् । यी मध्ये ३ बैंकको बुक क्लोज र साधारण सभा सम्पन्न भइसकेको छ । अन्य ४ वटा बैंकको भने बुक क्लोज र साधारण सभा हुन बाँकी छ ।

यी मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । सो र्बैकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ११.०५५ लाभांश घोषणा गरेको छ । त्यस्तै, मितेरी र गरिमा विकास बैंकले १० प्रतिशत, लाभांश दिने घोषण गरेका छन् । अर्को मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत लाभांश दिंदैछन् ।

ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स