काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७८ भदौ ८ गतेभन्दा अगाडी जारी भएको ऋणपत्रको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस्तो गणना २०८१ असारमसान्तसम्म गर्न पाइने व्यवस्था गरेको हो । सो अवधिभन्दा अगाडिको ऋणपत्र संस्थाले २०८० पुस मसान्त सम्म शतप्रतिशत गणना गर्न पाउने भएको छ ।
यस प्रयोजनको लागि पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सकिनेछ । ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ ।