सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख १९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स