चितवन पुगेर गभर्नर अधिकारीले भने –‘गरिखाने र ठगी खाने व्यवसायी छुट्याएर कर्जा प्रवाह गर्नुस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले गरिखाने र ठगी खाने व्यवसायी छुट्टयाउनु पर्ने बताएका छन् । नेपाल बैकर्स संघको ३७ औं साधारण सभामा शुभकामना दिन चितवन पुगेका गभर्नर अधिकारीले गरिखाने र ठगिखाने व्यवसायी छुट्टयाएर कर्जा प्रवाह गर्न सुझाएका हुन् ।

‘मैले ५० लाख ऋण लिएर १६० गाईभैसी पालेर दैनिक ६ लाखको दुग्ध बेचिरहनु भएका किसानलाई भेटे’, उनले भने ‘ उहाँले ११ जनाको परिवारलाई रोजगारी दिनु भएको रहेछ । देशमा कतिपय यस्ता मान्छे पनि छन् जस्ले त्यति गाई पालेको भए कैयौं बैकबाट करोडौं सहुलियत ऋण र सरकारी अनुदान लिईसक्ने थिए ।’

बैंकहरूले जति राम्रो काम गरेपनि त्यसको मार्केटिङ हुन नसकेको बताउँदै देश र समाजका लागि बैंकको योगदानको कदर नभएको उनले गुनासो गरे । नेपालका बैंकहरूले संसारमै थोरै सेवा शुल्कमा सेवा दिईरहेका छन् । नेपालका बैंकहरु साउण्ड छन् ।

सरकारी वित्तमा केही समस्या छ । पुँजीगत खर्च वृद्धि भएको छैन । सामाजिक सुरक्षाका कार्यक्रमहरूको दायित्व पनि बढिरहेको छ । राजस्व संकलन घटेको छ । यसलाई सुधार्न हामीले सरकारलाई आवश्यक सुझाव दिईसकेको छ ।

५ जना नयाँ सदस्य चयन गर्दै बैंकर्स संघको ३७ औं साधारणसभा सम्पन्न

अहिले बजारमा पर्याप्त मात्रामा तरलता छ, हामी बैंकको तरलता खिच्नु नपरोस् भन्ने चाहन्छौ । बैंकहरुले ऋण लगानी गरून्, व्यवसायीले पनि कर्जा लिएर व्यवसाय विस्तार गरून् भन्ने राष्ट्र बैंकको सधै सोच रहेको पनि गभर्नर अधिकारीले बताए ।

साथै, बैंकहरुले कर्मचारीलाई लदाउने गरेको गुनासो आएको छ । खाली बिहानदेखि बेलुकीसम्मै काम मात्रै गराउने हो ? ८ घण्टा काम गराउन सकिन्न ? कर्मचारीलाई तालिम खोइ ? उनले प्रतिप्रश्न गर्दै बैकरलाई सोधे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स