मेडिकेयर हस्पिटलको बम्पर लाभांश घोषणा, आईपीओ समेत जारी गर्ने

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४८.८०९५ प्रतिशत बोनस सेयर र १४.३४८३ प्रतिशत नगद गरि कुल ६३.१५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। त्यस्तै कम्पनीले उक्त बोनस पछि १२ प्रतिशत अर्थात् ४ करोड ८२ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।

कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरेको हो ।

साथै, कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २८ गते शनिवार साधारणसभा आह्वान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स