१५० प्रतिशत हकप्रद पारितको लागि आँखुखोला जलविद्युतले पुस २० गते बोलायो साधारण सभा

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले पुस २० गते शुक्रबार वैभव पाटी प्यालेस मैतीदेबीमा १६ ओैँ बार्षिक साधारण सभा बोलाएको छ । सो साधारण सभा बिहान ११ बजे सुरु हुने र उक्त सभामा सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्ति गर्नेका साथै सञ्चालक समीतिको निर्णयअनुसार कंम्पनीले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजी ८० करोड रुपैयाँको १ः१.५ अर्थात १००ः१५० प्रतिशतको अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद निष्काशन गर्नका लागी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक र सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिसकेको छ । विद्युत नियमन आयोगले कंम्पनीलाई १५० प्रतिशत हकप्रद निष्कासनको अनुमती प्रदान गरिसकेको छ । र अन्तिम स्वीकृतीको लागि धितोपत्रबोडमा पेश गरिसकेको छ ।

धितोपत्रबोडले पछिल्लो समय आईपीओ र हकप्रद निस्काशनको लागि आवेदन स्थगित गरेको भएपनि पहिलै दर्ता भैसकेका कम्पनीले छिटै स्वीकृती पाउने छन् । सेयर बजार बुलिस चरणमा हुँदा हकप्रद सेयर लगानी कर्ताको रोजाइमा पर्दैआएको पाइन्छ । नेपालको सेयर बजारमा कम्पनीले दिने हकप्रद र बोनस सेयरमा लगानि कर्ताको अत्याधिक रोजाईमा परेको पाइन्छ ।

कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युत रास्ट्रिय प्रसारणमा जडान भैसकेको छ । ८० करोड चुक्तापुँँजी भएको कंम्पनीको यस आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी ४ रुपैया ८४ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स