कुमारी बैंकलाई ‘एक्सीलेंस इन कंज्यूमर कार्ड–क्रेडिट’ अवार्डबाट सम्मानित

काठमाडौं । कुमारी बैंक ‘एक्सीलेंस इन कंज्यूमर कार्ड–क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । पुस ३ गते भिसा इन्टरनेशनलद्वारा ‘लिडरशीप कनकेल्भ नेपाल २०२३’ एक्सीलेंस इन कंज्यूमर कार्ड–क्रेडिट’ सम्मेलनको आयोजना भएको थियो । सो आयोजित ‘लिडरस् कनकेल्भ’ सम्मेलनमा भिसा इनटरनेशनलद्वारा कुमारी बैंक लिमिटेड लाई ‘एक्सीलेंस इन कंज्यूमर कार्ड–क्रेडिट’ अवार्डले सुसम्मानित गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स