जीवन बीमा पोलिसी जारी गर्ने र बढी प्रिमियम संकलन गर्ने यी हुन् टपटेन जिल्ला

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पोलिसीको आधारमा इन्स्योरेन्स बिजनेश गर्ने पहिलो जिल्ला मोरङ बनेको छ भने प्रिमियमको आधारमा काठमाडौ पहिलो जिल्ला बनेको छ । जिल्लागत आधारमा हेर्दा सबैभन्दा कम बीमा पोलिसी जारी गर्ने र बीमा शुल्क आर्जन गर्ने जिल्ला मनाङ बनेको छ ।

चालु आवको पहिलो त्रैमासमा मनाङमा मात्रै १९ वटा जीवन बीमा पोलिसी जारी भएको छ भने ६६ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ । कम बीमा व्यवसाय भएको दोस्रो जिल्ला मुस्ताङमा पनि जम्मा ४६ वटा पोलिसी जारी भएर ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

बीमा बिजनेश गर्ने पहिलो जिल्ला मोरङले चालु आवको पहिलो त्रैमासमा १४ लाख ६४ हजार ६२० वटा पोलिसी जारी गरेको छ भने बढी प्रिमियम संकलन गर्ने जिल्ला काठमाडौंले पहिलो बीमा शुल्क वापत २ अर्ब २२ करोड ५६ लाख रुपैयाँ र नवीकरण शुल्कबाट ११ अर्ब ४० करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साउनदेखि असोजसम्ममा जीवन बीमा पोलिसी जारी गर्ने दोस्रो नम्बरमा काठमाडौं जिल्ला रहेको छ । चालु आवको असोज महिनासम्म काठमाडौं जिल्लाबाट ८ लाख ४९ हजार ७३६ वटा पोलिसी जारी भएको छ भने तेस्रो नम्बरमा कैलाली परेको छ । कैलालीमा २५ हजार ११२ वटा जीवन बीमा पोलिसी जारी भएको छ ।

बीमा बिजनेश गर्ने टपटेन जिल्लाको चौथो नम्बरमा काभ्रे जिल्लामा २४ हजार ९० वटा, सुनसरीमा १९ हजार ९३७ वटा र रुपन्देहीमा १९ हजार ८७१ वटा बीमा पोलिसी जारी गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । चितवनमा १७ हजार ७९७, कास्कीमा १६ हजार ९३५ र सप्तरी जिल्लामा ९ हजार ९१८ वट बीमा पोलिसी जारी गरेका छन् ।

प्रिमियम आधारमा टपटेन जिल्ला
देशमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महिनासम्ममा उत्कृष्ट दश वटा जिल्लामा पहिलो जिल्ला काठमाडौं बनेसँगै दोस्रोमा कास्की, तेस्रो जिल्ला रुपन्देही, ललितपुर, झापा, चितवन, सुनसरी, कैलाली, मोरङ र बाँके परेका छन् । यी जिल्लामा बीमा बिजनेश बढी भएको देखिएको छ । देशमा रहेका ७७ जिल्ला मध्य प्रिमियमको आधारमा टप टेनमा परेका यी जिल्लाले गरेको व्यवसाय अन्य जिल्ला जिल्ल्लाको तुलनामा राम्रो देखिएको हो ।

जिल्लाका आधारमा बढी बिजनेश गर्ने दोस्रो नम्बरमा कास्की रहेको छ । कस्कीमा १ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । तेस्रो नम्बरमा रुपन्देही रहेको छ । १९ हजार ८७१ वटा बीमा पोलिसी जारी गरेर छैर्टौ नम्बरमा रहेको रुपन्देही बीमा शुल्क आर्जन गर्नेमा चौथो नम्बरमा परेको छ । समीक्षा अवधिमा रुपन्देहीबाट १ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ बीमा कम्पनीहरूले आर्जन गरेका छन् ।

बढी बीमा शुल्क आर्जन गर्ने चौर्थौ नम्बरमा परेको ललितपुर जिल्लाबाट बीमा कम्पनीहरूले १ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ बीमा व्यवसाय गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा झापा जिल्लामा १ अर्ब ८९ करोड ८३ लाख, चितवानमा १ अर्ब ९२ करोड १५ लाख, सुनसरीमा १ अर्ब ५ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै कैलालीमा ९ करोड १९ लाख, र मोरङ जिल्लमा ८ करोड ४७ लाख रुपैयाँ, बाँकेबाट ७ करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको बीमा प्रधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स