डिवेन्चर भनेको के हो ?

मेखवहादुर थापा, डेपुटी प्रमुख कार्यकारी अधिकृत एनआईबिएल एस क्यापिटल

कम्पनीले आफ्नो ऋण पुँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरी विभाजन गरिएको स–साना इकाइलाई डिवेन्चर भनिन्छ । अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो ।

कुनै पनि कम्पनीले पुँजी संकलन गर्नका लागि सर्वसाधारण समक्ष जारी गरेको ऋण प्रकृतिको धितोपत्र (सेक्युरिटी) लाई ऋणपत्र भनिन्छ । यो एक किसिमको दायित्व हो । इक्युटी नउठाउने तर, पैसा चाहिएको छ भने ऋण लिनु पर्ने हुन्छ । ऋणको सट्टामा कम्पनीले ऋणपत्र प्रयोगमा ल्याउन सक्छ ।

तोकिएको दर र समयमा सावा र ब्याज भुक्तानी गर्ने शर्तमा ऋणपत्र जारी गरिन्छ । यसको अंकित मूल्य हुन्छ । लगानीकर्ताले शर्तअनुुसार तोकिएको दरमा ब्याज प्राप्त गर्दछ । नेपालमा ऋणपत्र १ हजार रुपैयाँको दरले सर्वसाधारणलाई मर्चेन्ट बैंकमार्फत बिक्री गरिन्छ ।

ऋणपत्र एक किसिमको ऋण हो । जुन कुनै पनि प्रतिष्ठित कम्पनीले इकाइ बिक्री गरेर सर्वसाधारणबाट बिना धितो संकलन गर्छ र एउटा निश्चित अवधिपछि सो रकम फिर्ता गर्छ । तथा नियम अनुसार समय अन्तरालमा तोकिएको ब्याज भुक्तानी गर्दछ ।

डिवेन्चर जुनसुकै प्रतिष्ठित कम्पनीले जारी गर्न पाउने भएपनि नेपालमा खास गरी बैंक तथा वित्ती य संस्थाहरूले मात्र जारी गर्ने प्रचलन छ । जलविद्युतलगायतका कम्पनीहरूले डिवेन्चर जारी गरेको देखिदैन ।

डिवेन्तर विभिन्न प्रकारका हुन्छन् । तर, नेपालमा अन्य डिवेन्चर चलनचल्तीमा छैन । नेपालमा साधारण खालको मात्र डिवेन्चर जारी गर्ने प्रचलन छ । जुन बैंक तथा वित्तीय कम्पनीहरूले निकाल्ने गर्छन् । अन्य क्षेत्रका कम्पनीले पनि खासमा डिवेन्चर निकाल्न पाउँछन् । अन्य कम्पनीले किन डिवेन्चर ननिकालेका होलान् भने कि त कम्पनीहरूले चासो देखाएनन् कि त यस विषयमा ज्ञान नभएर होला ।

कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रको लगानीकर्तालाई ब्याज भुक्तानी गर्नुपर्छ । सम्बन्धित संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन ।

लगानीकर्ता र कम्पनीबीच साहु र ऋणीको जस्तै सम्बन्ध हुन्छ । डिवेन्चरमा ब्याजदर पूर्वनिर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीहरूले नाफामा दाबी गर्न पाउँदैनन् । कुनै कारणवश कम्पनीले शर्तअनुसार ब्याज भुक्तानी गर्न नसकेमा लगानीकर्ताहरूले कम्पनीलाई खारेजीमा पठाउनेसम्मको कारवाही गर्न सक्छ । ऋणपत्रका जोखिम उठाउन नचाहने लगानीकर्ताले लगानी गर्न रुचाउँछन् । ऋणपत्रधारीहरू कम्पनीको साधारणसभामा मताधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा उनीहरूको प्रभाव हुँदैन ।

ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले कम्पनीका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ  । पुँजीको आवश्यकता नभएमा केही रकम प्रिमियमबापत थप गरी फिर्ता गर्न सकिने प्रावधान हुन्छ । ऋणपत्रमा दिइने ब्याजलाई अन्य खर्चजस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाइन्छ । जसले गर्दा करको दायित्व कम हुन्छ । अर्को कुरा नियामक निकायहरूले पनि प्रोत्साहन गर्नुपर्ने हो । यसमा नियामक निकायको पनि तयारी देखिदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स