सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, कति पुग्यो ?

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बूधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

यसमध्ये प्रतिक्विन्टल ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

आजको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको र ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवबाट प्रस्तुति भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने उनले जानकारी दिइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स