सिवाईसी नेपाल लघुवित्तले पनि लाभांश वितरण नगर्ने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

बैठकले नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित अन्य वित्तीय विवरणहरु अनुमोदनको लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स