प्राइम कमर्सियल बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि कम्पनीले आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स