बुलिस ट्रेनमा घरजग्गा कारोबार, १ महिनामा साढे पौने चार अर्बभन्दा बढीले बढ्यो कर्जा

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार फष्टाउँदै गएको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले चालु आवको कार्तिक महिनामात्रै ३ अर्ब ७७ करोड रुपैयाँ रियल स्टेट क्षेत्रमा कर्जा लगानी गरेका छन् । असोज महिनासम्म २ खर्ब ४० अर्ब ९८ करोड ५० लाख रहेको रियल स्टेट कर्जा कार्तिक महिनामामात्रै ३ अर्ब ७७ करोड २० लाख रुपैयाँले बढेर २ खर्ब ४४ अर्ब ७५ करोड ७० लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको यो तथ्यांकले अब घरजग्गाा कारोबार पनि बुलिस ट्रेनमा जाने देखिएको छ ।

राष्ट्र बैंकले केहि दिन अघि सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत रियल स्टेट कर्जाको जोखिम भार २५ प्रतिशतले घटाचएर १२५ प्रतिशतमा सीमित गरेको छ भने धितो मूल्यांकनका ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

यद्यपि गत आवको अन्त्य असार मसान्तको तुलनामा भने रियल स्टेट कर्जा घटेको छ । गत आवको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूले २ खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रुपैयाँ यो क्षेत्रमा कर्जा लगानी गरेका थिए ।

पछिल्लो महिना देशका विभिन्न भागमा जग्गाको कित्ताकाट खुल्नुका साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि घटेका कारणले घरजग्गाको कारोबार बढेको हो । बैंकहरूले साउन लागेयता नै ब्याजदरमा गरिएको भद्र सहमति तोडेर आफू अनुकूल ब्याजदर कायम गर्न थालेका छन् ।

कार्तिक महिनामात्रै व्यक्तिगत आवास कर्जा १ अर्ब ६८ करोड ९० लाख रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको असोज महिनामा ३ खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँ लगानी भएको निजी आवास कर्जामा कार्तिक महिनामा बढेर ३ खर्ब ७६ अर्ब ५८ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै वाणिज्य बैंकहरूले मात्रै रियल स्टेटमा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । वाणिज्य बैंकहरूले चालु आवको असोज महिनासम्म २ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा कार्तिकमा आउँदा २ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँ लगानी पुगेको छ ।

त्यस्तै वाणिज्य बैंकहरूले जस्तै विकास बैंकहरूले पनि कार्तिक महिनामा कर्जा ७ करोड रुपैयाँले बढाएका छन् । विकास बैंकहरूले चालु आर्थिक वर्षको कार्तिक महिनासम्म २३ अर्ब २७ करोड रियल स्टेट क्षेत्रमा लगानी गरेका छन् । असोज महिनासम्म विकास बैंकको यस्तो कर्जा २३ अर्ब २० करोड रुपैयाँ थियो ।

समग्रमा बैंक तथा वित्तीय संस्थाहरूको रियल स्टेट कर्जा बढेकोले फाइनान्स कम्पनीहरूले कार्तिक महिनामा यस्तो कर्जा बढेको छ । असोज महिनासम्म ९ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका फाइनान्स कम्पनीहरूले कार्तिक महिनामा आउँदा सो कर्जा बढेर ९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स