नेपाल बैंकको सीईओमा टप फाइभ लिष्टिङ, को को परे छनोटमा ?

काठमाडौं । नेपाल बैंकको सीईओ नियुक्ति प्रक्रियामा टप फाइभको सर्ट लिस्टिङ भएको छ । नेपाल बैंक सीईओ छनोट समितिले आइतबार राति आवेदक १९ जनामध्ये टप फाइभको सर्ट लिस्टिङ गरेको हो ।

बैंकको सीईओको टप फाइभमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टको नाम समेटिएको छ । सर्ट लिष्टमा परेका निवेदकलाई पुस ४ गते पावरपोइन्टसहित व्यवसायीक कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित हुन भनिएको छ ।

छनोट समितिले छानेका उम्मेवारमध्ये ४ जना काँग्रेसी हुन, बाँकी १ जना नै गैर काँग्रेसी हन् । यी चारजनाको व्यवसायीक योजना पछि फेरि ३ जनाको सर्ट लिष्ट गरेर सो मध्येबाट एक जनालााई सीईओ नियुक्त गरिने छ ।

नेपाल बैंकको सीईओ बन्न १९ जनाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

चारमध्ये पनि तिलकराज पाण्डेयको अधिक सम्भावना रहेको बताइन्छ । पाण्डेयले एक जना विचौलिया मार्फत अर्थमन्त्री डा. प्रकाश शरण महत तथा काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर सीईओ पक्का गरिसकेको स्रोतको दावी छ । उनी नेपाल बैंककै पूर्व कर्मचारी पनि हुन् । समता पन्त अर्की दावेदार हुन् । नेपाल बैंकमै निमित्त सीईओ रहेकी उनी पनि काँग्रेस निकट नै मानिन्छिन् । सुदुरपश्चिम घर भएका पन्तका श्रीमान नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन् ।

लक्ष्मण पौडेलले पनि आफ्ना लागि निकै जोडबल गरिरहेका छन् । उनका एक आफन्त नेपाल राष्ट्र बैंकको शक्तिशाली विभागमा कार्यकारी निर्देशक रहेका छन् । ध्रुवचन्द्र गौतमले पनि आफ्नो सबै शक्ति लगाएर सीईओ बन्ने तयारी गरिरहेका छन्, उनी पनि काँग्रेस निकट नै हुन् । अशोक पौडेल भने एमाले निकट हुन ।

नेपाल बैंकमा सीईओ नियुक्तिका लागि असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स