काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड १४ लाख कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २६ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोनापुर मिनरल्सको २० करोड २८ लाख, सोल्टी होटलको १८ करोड ४३ लाख, शिवम् सिमेन्ट्सको १६ करोड ८३ लाख, घोराही सिमेन्ट्सको १४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।