लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तको पुस १ गते बसेको संचालक समितिको बैठकले उक्त आवको नाफालाई सञ्चित गर्ने र लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले २०८० असार मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।

गत आर्थिक वर्षका वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स