काठमाडौं । बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्काशनको प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गतेदेखि पुस २९गतेसम्म सेयर धनी दर्ता किताब बन्द गर्ने पनि बताएको छ । सभा आगामी पुस २९ गते आइतबार ११ बजे कार्कि ब्याङक्वेट,बबरमहलमा हुने छ ।