नाडेप लघुवित्तले पनि लाभांश वितरण नगर्ने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंठकले उक्त आवको लाभांश सञ्चित गर्ने निर्णय गर्दै गत आवको वासलात,नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स