काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले एक वर्षमा २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक लिएका छन् ।
बैंकका सिइओ सुरेन्द्र भण्डारीले असार ३१ देखी लागू हुनेगरी राजीनामा दिइसक्नु भएको छ । अहिले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिना छन् ।
बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार सीइओ भण्डारीले तलब भत्ताबापत २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक लिइएको देखिएको छ
सीइओले तलब १ करोड २० लाख ३७ हजार ४२३ रुपैयाँ भत्ता ४७ लाख ७० हजार ३२५ रुपैयाँ, दशैं भत्ता १४ लाख ६६ हजार ९६ रुपैयाँ बिदा (वार्षिक र संचित) बापत १० लाख ३ हजार ११९ रुपैयाँ र अन्यमा ४२ लाख ३९ हजार ५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै बैंकका अन्य व्यवस्थापकहरुले १० करोड ४४ लाख ८६ हजार ८४९ रुपैयाँ तलब भत्ता लिएको देखिएको छ । बैंकको साधारणसभा कार्तिक १६ गते हुदैछ ।