काठमाडौं । महिला सशक्तिकरणको मुख्य पाटो भनेको आर्थिक सवलीकरण नै हो । महिलाहरू आर्थिक रुपमा सम्पन्न भएमात्र महिला सशक्तिकरणले सार्थकता पाउन सक्छ । नेपालमा कुल जनसंख्यामा महिलाको हिस्सा ५१.०४ प्रतिशत अर्थात १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएअनुसार महिला संख्या धेरै भएपनि आर्थिक पहुँच पुगेका महिलाको संख्या भने अत्यन्त कम छ । महिला सशक्तिकरणको मुख्य पाटो भनेको आर्थिक सवलीकरण नै हो । महिलालाई आर्थिक रुपमा सम्पन्न गराउन खासगरी वित्तीय स्रोत तथा सम्पत्ति माथिको स्वामित्व र निर्णय लिन पाउने अधिकार, सीप विकास र आय आर्जनमा विशेष जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।
कामकाजी महिलाले गरेको काम मौद्रिक मूल्यमा गणना भएपनि गृहिणीले गरेको कामको कुनै मूल्य तोक्ने अभ्यास अहिलेसम्म भएको छैन । महिलाहरूले गरेको काम मौद्रिक गणनामा नपर्दा आर्थिक योगदानको चर्चा हुन सकेको छैन ।
दशकअघि सरकारले महिलाका नाममा घरजग्गा नामसारी वा दर्ता गर्दा कर छुट दिने व्यवस्था गरेयता अचल सम्पत्तिमा उनीहरूको स्वामित्व बढेको देखिन्छ ।
पछिल्लो दशकमा नेपालमा वित्तीय समावेशीतामा उल्लेख्य प्रगति भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । अध्ययनहरुले ७५ प्रतिशतले बैंकिङ सेवा प्रयोग गर्ने गरेको देखाएको छ । प्रतिवेदनले लैंगिक असमानता न्यूनीकरण भएको देखाएको छ । सन् २०२२ मा महिला र पुरुषबीच औपचारिक वित्तीय सेवाको पहुँचमा रहेको असमानता घटेको देखिन्छ ।
बैंकिङ सेवाको प्रयोगमा महिला र पुरुषबीच अझै असमानता कायमै छ । ८३ प्रतिशत पुरुषको तुलनामा ७९ प्रतिशत महिलाले मात्र यो सेवा प्रयोग गर्छन् । यो यथार्थलाई आत्मसाथ कतिपय बैंक तथा वित्तीय संस्थाले महिलालाई आर्थिक क्षेत्रको मूल मुद्दामा समावेश गराउने गरी विशेष सुबिधा सहित प्रडक्टहरू सार्वजनीक गरेका छन् ।
बैंकहरूले महिलाहरूको आर्थिक सवलीकरण गर्न ल्याइएका यस्ता प्रडक्टले महिलालाई मात्रै नभइ सम्पूर्ण समाजमा नै महिला सवलीलकरणमा सकारात्मक योगदान गरिरहेकोे देखिन्छ ।
यहि सेरोफेरोमा नेपालको बैंकिङ क्षेत्रको ठुलो बैंक ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक सशक्तिकरणसँग जोड्नको लागि ‘मेरी उनीलाई’ खाता सार्वजनिक गरी महिला सशक्तिकरणमा अन्य बैंक तथा वित्तीय क्षेत्रलाई आमन्त्रित गरेको छ । मेरी उनीलाई मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ ।
ग्लोबल आइएमई बैंकले ‘अटुट छ यो साथ जुनीजुनीलाई समृद्धिको सौगात मेरी उनीलाई’ भन्ने नारा साथ आकर्षक मुद्दती निक्षेप सम्पूर्ण महिलाहरूलाई लक्षित गरी ल्याइएको एक विशेष प्रकारको आवधिक निक्षेप योजना हो । विशेष गरी महिलाहरुको लागि आर्थिक अधिकार सहित बचत गर्ने बानीको विकास गर्न प्रोत्साहित गर्नु यसको मुख्य लक्ष्य हो । आफ्नो प्रियजन आमा, श्रीमती, दिदिबहिनीहरुको लागि यो खाता खोलिदिन सकिन्छ । यद्यपि, महिलाहरुले आफ््नो लागि पनि मेरी उनीलाई खाता खोल्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकको यो प्रडक्टले आम गृहिणीको मनमात्र जितेको छैन, बैंककै सर्वउत्कृष्ट प्रडक्ट पनि बन्न पुगेको छ । दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने यो मुद्दती खातामा ६ महिनादेखि दुई वर्षको अवधि हुन्छ ।
बचत गर्ने बानीलाई प्रोत्साहन गर्न योजनामा ५० हजारभन्दा बढी रकम आवश्यकताअनुसार म्याद पुग्न तीन महिना अगाडि सम्म थप गर्दै जान पनि सकिने छ । महिला सशक्तिकरणमा योगदान पुर्याउने मनसायले ग्लोबल आइएमई बैंकले ४ वर्ष देखि विशेष सुविधासाथ संचालन गरीरहेको मेरी उनीलाई खातामा केही समय अगाडी बीमा सुबिधा थप गरेको छ । उक्त खातामा बैंकले निक्षेपकर्ताको पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, दुई लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र एक लाख रुपैयाँसम्मको औषधि उपचार बीमा उपलब्ध गराउने बैंकले जनाएको छ ।
यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा छुट (पहिलो वर्ष) तथा निःशुल्क मोबाइल सेवा (पहिलो वर्ष) उपलब्ध गराइनेछ । बचत मात्र होईन आवश्यकता हुँदा उक्त बचत रकमबाट बैंकले बचत रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउनेछ । यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्दती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुटसमेत पाउनेछन् ।