फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त

काठमाडौं । फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । यसअघि कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बुधबार पद तथा गोपनियताको सपथ लिएका छन्।

जोशी एफवान सफ्टमा स्वतन्त्र संचालक छन्। संचालक समिति सदस्यका रुपमा विगत तीन वर्षदेखि एफवान सफ्टमा आवद्ध रहेका जोशीलाई कम्पनीले अध्यक्षमा नियुक्त गरिएको बताईएको छ। फोन पे एफ्वान सफ्टको सहायक कम्पनी हो।

उनी नबिल बैंक तथा एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् । उनी जावलाखेल ग्रुप अफ इन्ड्स्ट्रीको ग्रुप एक्जिक्युरिभ डाइरेक्टर पनि हुन् ।

फोन पे नेपालको ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो । फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् । नेपालमा क्यूआर पेमेन्टको सुरुवात गर्ने पहिलो भुक्तानी सेवा प्रदायक फोन पे एफ्वान सफ्टको भगिनी संस्था हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स