काठमाडौं । साना किसान विकास लघुवित्तले यसअघि प्रस्तावित लाभांशलाई संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्तावित लाभांशलाई संशोधन गरेको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले हाल कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले यसअघि गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड १६ लाख रूपैयाँ रहेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुनेछ ।