काठमाडौं । सरकारले संविधान विपरित भूतप्रभावी कर नीति लिएपछि मर्जर र एफपीओ जारी गरेका बैंक र बीमा कम्पनीले हालेको मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।
मुद्दामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले कानुन व्यवसायीको वहस पूरै सुन्न भ्याएन । संवैधानिक इजलासमा न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई, सपनाप्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मी छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स लगायतले मुद्दा हालेका थिए। त्यसको सुनुवाइ जारी छ । अर्को सुनुवाइ भोलिलाई तोकिएको छ ।