काठमाडौं । २०७८ साल असोज ३१ गते देखि परेको अविरल वर्षाका कारण ७ अर्ब २२ करोडको धानबालीमा क्षति पुगेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार लुम्बिनी, सूदुरपश्चिम, प्रदेश १ मा गरी सो मूल्य बराबरको २ लाख ५८ हजार ९२ मेट्रिक टन धानबालीको क्षति भएको हो ।
असोज १ गतदेखि आएको अविरल वर्षाका कारण लुम्बिनीको वर्दिया, कपिलवस्तु, बाँकै, रुपन्देही, कैलाली र कन्चनपुरमा गरी सबैभन्दा बढी ४ अर्ब ५१ करोड मूल्य बराबरको धनबालीको क्षति भएको छ ।
सुदूरपश्चिममा १ अर्ब ९१ करोड मूल्य बराबरको धानबालीको क्षति भएको छ भने प्रदेश १ मा ८० करोड रुपैयाँको धानबालीको क्षति भएको छ । कैलाली, कन्चनपुर, झापा, मोरङ र लुम्बिनी प्रदेश गरी ६७ हजार ९१९ हेक्टरमा क्षति पुगेको छ । सुदुरपश्चिम प्रदेशको अधिकांश जिल्लामा कृषि तथा पशुवस्तुमा व्यापक क्षति भएको देखिएको छ ।
कृषि विकास निर्देशनालय, डोटीका नि. प्रमुख यज्ञ राज जोशीले जानकारी दिएका छन् । निर्देशनालय नेतृत्वमा कृषि ज्ञान केन्द्र, कैलाली र कन्चनपुरका कार्यालयका प्रमुखहरु एवंम् पत्रकार समेतको टोलीद्वारा असोज २ र ३ गते कैलाली र कन्चनपुरको डुबान क्षेत्रमा अनुगमन भएको थियो । विशेष गरी तराईका कैलाली र कंचनपुर जिल्लामा धान वालीमा अत्यधिक क्षति भएको छ । कैलाली जिल्लामा करिव ५४ प्रतिशत र कन्चनपुर जिल्लामा करिव ४२ प्रतिशत धान वालीमा क्षति पुगेको छ ।
आइतबार बेलुकीदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका किसान मर्कामा परेका हुन् । बर्खे बाली धान काटेर भित्र्याउनै लाग्दा परेको पानीले खेतमै धान भिजेका छ । धान भिजेपछि किसान अहिले चिन्तित भएका छन् । दशैंअघि धान काटेर सुकाउन गह्रामै राखेका किसानको धानबाली भिज्दा उनीहरू चिन्तित बनेका हुन् ।
वर्षाको कारण खासगरी कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई ठूलो नोक्सानी पु¥याएको छ । लगातार पानी परिरहेकाले धान काटेर सुकाउनका लागि गह्रामा राखिएको धान अहिले तैरिरहेको अवस्थामा छ ।
अहिलेसम्म धान बालीमा कुनै रोग र अन्य कारणले समस्या नभए पनि भित्र्याउन ठिक्क परेको धान पानीले भिजेपछि किसानलाई वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको छ ।
किसानले काटेको धान भित्र्याउन नपाउँदै खेतमै भिजेको छ, कतिपय स्थानमा त खेतमा सुकाइएका धानका बाला सबै पानीमाथि तैरिएका छन् । धान नकाट्दै पानी परेमा नबिग्रने भए पनि काटिसकेको धान खेतमैमै रहँदा वर्षातले बिग्रेको छ ।
कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र रहेको भए पनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धान बालीमा नोक्सानी पु¥याएको छ ।
‘धान काटेर सुकाउन राखिएको बाली भिज्दा धान मिलमा कुटाउँदा चामल टुटेर कनिका हुने तथा भात खाँदा पुरानो भएको जस्तो बास्ना आउने समस्या देखिन सक्ने कुराले पिडित किसानहरु चिन्तित छन् ।
कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । उत्पादन राम्रै भए पनि यस पटकको वर्षातले भने सुदूरपश्चिम प्रदेशमा धान भित्र्याउने बेला ५०% ले कमी हुने आँकलन गरिएको छ । बालीको क्षतिको तथ्यांक विवरण सुदूरपश्चिम प्रदेशको सबै स्थानीय निकायहरुसंगको समवन्य र सहकार्यमा कृषि ज्ञान केन्द्र मार्फत तथ्यांक संकलन भैरहेको मन्त्रालयले जानकारी दिएको छ ।