काठमाडौं । मंगलबार नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मंगलबार थानीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष पदबाट राजीनामा बुझाएका हुन् ।
‘मन्त्री रिजालले भने ‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,’ ‘भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’
२०७८ फागुन २६ गतेको सरकारले निगमको कार्यकारी निर्देशकमा थानीलाई ३ वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो ।