काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २४ लाख ६३ हजारको कित्ता सेयर ४ अर्ब ३० करोड ९० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २४ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बोटलस् नेपालको १०%, धौलागिरी लघुवित्तको १०%, नेपाल रिपब्लिक मिडियाको १०%, सोनापुर मिनिरल्स्को १०%, सानिमा लार्ज क्याप फण्डको ९.९९%, मानुषी लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।