नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । आइतबार अर्थमन्त्री डा. प्रकाश शरण महतले मन्त्रिस्तरीय निर्णय गर्दै हाल भन्सार विभागका महानिर्देशक रहेका पौडेललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् ।

सरकारले यसअघि नेप्सेको अध्यक्ष रहेका अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालको स्थानमा भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई अध्यक्ष नियुक्त गरेको हो ।

नेप्सेको अध्यक्षमा सरकारले सहसचिवलाई जिम्मेवारी दिने गरेको छ। पौडेलले आजै बेलुकासम्ममा नेप्सेको अध्यक्षको रुपमा पदबहाल गर्ने छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स