अर्थ मन्त्रालयले फेर्यो ६ जना सहसचिवहरुको जिम्मेवारी, को कहाँ ?

काठमाडौं । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी फेरेको छ ।

अर्थमन्त्री प्रकाश शरण महतको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको हो ।

जसमा मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् । सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । महालेखा शम्भुप्रसाद मरासिनीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरमा सरुवा गरिएको छ ।

सहसचिव अमृत लम्साललाई मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा गरिएको छ । त्यस्तै सहसचिव पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । सहसिचव महेश बराल कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा रहने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स