भोलिबाट हिमालयन रि इन्स्योरेन्सको आईपीओमा सर्वसाधारणले आवेदन दिन सकिने

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुलाई भोलिबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि मंसिर २७ गतेदेखि सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १०६ रुपैयाँ थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्ने छ । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनकिो सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स