काठमाडौं । हिजो सोमबारबाट रसुवा केरुङ नाका सञ्चालनमा आएको छ । गत बिहीबारदेखि बन्द भएको केरुङ नाका हिजो सोमबारदेखि सञ्चालनमा आएको हो । केहि आयातकर्ताहरूले सामान भन्सार जाँचपास गराएर छुटाएका पनि ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडलले हिजोदेखि नाका सञ्चालनमा आएको बताए ।
किन नाका बन्द गरिएको भन्ने हाम्रोअर्थको प्रश्नमा महानिर्देशक पौडेलले भने ‘आयातकर्ताले सामानको जाँचपास गराएनन्, आयातकर्ताले आफूले ल्याएको सामाननै चेकजाँच नगराएपछि भन्सारबाट सामान नेपाल नभित्रिएको हो । कार्यालय बन्द नै भएका होइन । कार्यालयका कर्मचारी कार्यालयमानै थिए ।
कार्यालय तथा भन्सार विभागको तर्फबाट समस्या नाकामा समस्या आएको हैन, आयातकर्ताकै समस्याको कारण नाका बन्द भएको विभागले बताएपनि त्यहाँको धन्दा अर्कै भएका बुझिएको छ । ठूलो आयातकर्ताले सामानसँगै ठूलो गाडीमा सुन लुकाएर ल्याएको सुन जाँच पास गरेर प्रमुख भन्सार अधिकृत आफ्नो व्यक्तिगत कामका लागि भन्दै काठमाडौं आएको आरोप विशेष स्रोतको छ । अहिले केरुङ नाकाबाट तस्करीले विभिन्न सामानमा लुकाएर ल्याएको सुन आ–आफ्नो ठाउँमा सेटल भइसकेको छ ।
भन्सार कार्यालयमा आफूले सोच्दै नसोचेको परिमाणमा सुन भित्रिएपछि उनी आत्तिएर रसुवा टिमुरे (केरुङ) नाकाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक गुहार माग्दै विभाग आइपुगेका थिए । उनी अस्ति आइतबार कार्यालय फर्किएपछि हिजो सोमबारबाट नाका खुलेको स्रोत छ ।
प्रमुख भन्सार अधिकृत पाठकले भने आफू व्यक्तिगत कामले काठमाडौं गएको र प्रमुख नभएको बेला सामान जाँचपास नगराउने भनेर केहि आयातकर्ता बसेकोले यस्तो देखिएको बताए ।
‘हिजो पनि भन्सार जाँचपास भएर केहि सामान छुटेका छन्’, उनले भने ‘भन्सार प्रमुखलाई कुरेर बसेकाले पनि आजदेखि फारम भरेर वस्तुको जाँचपास गराउने छन् । हिजो पनि केहिले गराए । कतिपयले भन्सार तिर्ने पैसा जोह गर्न नसक्दा चेकजाँच गराउन सकिरहेका हुँदैनन् भने कसैको केहि समस्या हुन्छ ।’
‘भन्सार प्रमुखले त सामान चेकजाँच गर्दा डिफल्ट देखियो भने भ्यालुएसन हेर्ने हो’, उनले भने ‘ कतै सामानका भ्यालुएशन मिलेन भने म कहाँ आउने हो ।’ प्रमुख पाठकले चालु आवको यो ४ महिनामा २० करोड रुपैयाँ त जरिवानामात्रै आफूले तिराएको जानकारी दिए ।