डलरको भाउ १३३.७४ रुपैयाँ पुग्यो

काठमाडौं । अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार मंसिर २६ गते १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३३.७४ पैसा कायम भएको छ ।

खरिददर पनि १३३.१४ पैसा कायम भएको छ । जुन उच्च भाउ हो । यसअघि मंसिर १५ गते पनि यहि विन्दुमा पुगेर डलरको भाउले रेकर्ड कायम गरेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ ।

निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुन सक्छ ।समग्रमा हामीलाई डलरको भाउ महँगो हुँदा घाटा र नाफा दुवै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स