महासंघ र जेटीयूसीसीबीच असल श्रम सम्बन्ध विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियन महासंघहरुको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र बीच (जेटीयूसीसी) मंसीर २४ गते एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुुवै संस्था बीच आपसी सम्बन्ध सुमधुर बनाउंदै आपसी सहयोग र सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा महासंघकातर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र केन्द्रकातर्फबाट केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव चिरागमान कुवंरले हस्ताक्षर गरेका थिए । रोजगारदाता र श्रमिक बीच असल श्रम सम्बन्धको विकास गर्ने, आपसी सहयोग, उत्पादकत्व वृद्धि, श्रमको सुधार एवं समग्र आर्थिक विकासमा सहकार्य गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष ढकालले रोजगारदाता र ट्रेड यूनियन बीचको सम्बन्ध सुधारलाई आफूले निकै महत्व दिदै आएको प्रसङ्ग उल्लेख गर्दै यो सम्झौता आपसी सम्बन्ध विस्तारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष श्रेष्ठले श्रम सम्बन्ध सुधार र मुलुकको समृद्धिका लागि रोजगारदाता र ट्रेड यूनियनले संयुक्त रुपमा मिलेर अगाडी बढने प्रक्रियाका लागि साझेदारीपत्रमा हस्ताक्षर गरिएको धारणा राखे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स