सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत सर्वसाधारण र स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) अनुमति माग गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेकोे हो ।

आवेदन दिएपछि कम्पनीले बुझाएको कागजातमा बोर्ड सन्तुष्ट भएमा ७ दिन भित्र आईपीओ निष्काशनको लागि अनुमति प्रदान गर्नु पर्ने व्यवस्था छ । तर केहि कागजात अपुग देखिएकोले ति कागजात जम्मा गर्न निर्देशन दिएको र ति कागजात आएपछि आईपीओ निष्काशनको लागि अनुमति दिने बोर्डले जनाएको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले प्रति कित्ता ३६० रुपैयाँ ९० पैसाको दरले ३६ लाख कित्ता सेयर निष्काशन गर्ने छ ।

कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई अर्थात् क्युआईआईलाई सेयर निष्काशन गरिसकेको छ । कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमामा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो। यस निष्काशनमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ४०१ रुपैयाँ कट अफ मूल्य कायम भएको थियो।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलिई ३६० रुपैयाँ ९० पैसामा सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबनधकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स