३ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक १५.४० अंकले घटेर १९४८.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४६ लाख ९८ हजारको कित्ता सेयर ४ अर्ब ८४ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलस् नेपाल, सामुदायिक लघुवित्त र दोल्ती पावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । हाथ्वे इन्भेष्टमेन्टको ९.९०%, इन्फिनिटी लघुवित्तको ९.६० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, समता घरेलु लघुवित्तको ७.१५%, मन्दाकिनी हाइड्रोपावरको ५.८७%, स्वाभिमान लघुवित्तको ५.४७%, एशियन हाइड्रोपावरको ५.३८%, अपर स्यांगे हाइड्रोपावरको ५.२६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स