काठमाडौं । अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिइएको छ । यसअघि महालेखा नियन्त्रकको कार्यालयमा महालेखा नियन्त्रकको रुपका कार्यरत मरासिनीलाई अर्थको जिम्मेवारी दिइएको हो ।
अर्थ सचिव शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । राजस्व सचिव रामशरण पुडाासैनी भने केही दिनमा अवकास हुँदछन् । त्यसैले उनलाई अहिले सरुवा गरिएको छैन ।