अब सूचीकृत कम्पनीहरूले लकइन पिरियड खोल्नु ३० दिन अघि नै सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूको लक इन पिरियड समाप्त हुनभन्दा कम्तीमा ३० दिन अघि सार्वजनिक सूचना प्रकाशित गरि लागनीकर्ता एवम् सरोकारवाला सबैलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले गरेको यो व्यवस्थासँगै अब सूचीकृत कम्पनीहरूले लक इन पिरियड खुल्ने वित्तिकै सुटुक्क सेयर बेच्न नपाउने भएका हुन् । बोर्डले विशेषगरी हाइड्रोपावर कम्पनी, सिमेन्ट लगायतका फ्रन्ट लाइन रेगुलेटर नभएका कम्पनीहरूले लक इन खुल्ने वित्तिकै सेयर बेचेर मूल लगानीकर्ताहरु निस्किने र बजार तल घटेका बेला फेरि बजारमा प्रवेश गरेर पुनः चलखेल गरिरहेको आरोप लागिरहेको छ ।

धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले ‘लकइन’मा रहेको सेयर दोस्रो बजारमा कारोबार हुनुभन्दा ३० दिन अगाडि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्णय गरेको हो । यसरी जारी भएको सूचना नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएसलाई पनि उपलब्ध गराउनु पर्ने निर्देशनमा उल्लेख छ।

सूचीकृत संगठित संस्थाहरूले लक इन पिरियड, सेयर लकइनमा रहेको वर्ग (संस्थापक तथा स्थानीय), कुन समूहको सेयर हो सो समेत खुलाइ लकइन समय समाप्त हुने मिति, लकइनमा रहेको सेयर संख्या समेत खुलाएको सम्पूर्ण विवरण नेप्से र सीडीएससीको वेभसाइटमा एक हप्तासम्म राख्नुपर्ने नियम लागू गरेको हो । यो नियम मंसिर २५ गतेदेखि नै लागू हुने बोर्डले जनाएको छ ।

लकइनमा रहेका सेयरहरु एकाएक खुलेर कारोबार हुँदा सर्वसाधारण लगानीकर्ता फस्ने डर भएको भन्दै विरोध भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स