समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौं । समता घरेलु लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ ।

साथै, कम्पनीले सेयर संरचना अनुपात ७०ः३० (संस्थापक र सर्वसाधारण) कायम गर्ने उद्देश्यले नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (एफपीओ) सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा सञ्चालन प्रयाजनार्थ बुक क्लोजभन्दा अगावै उक्त सेयर समायोजन भए समायोजित सेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने जनाएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स