जीवन बीमा व्यवसायमा बागमती प्रदेश अगाडि, अन्य प्रदेशको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले कार्तिक महिनासम्म गरेको कुल व्यवसायमध्ये करिव आधा हिस्स वागमती प्रदेशको रहेको छ । चालु आर्थिक वर्षको सो अवधिमा बीमा कम्पनीहरूले कुल ४९ अर्ब ४४ करोड ११ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् । सो व्यवसायमध्ये २२ अर्ब ९४ लाख ७४ हजार प्रिमियम बागमती प्रदेशबाट संकलन भएको छ । बागमती प्रदेशमा भएको व्यवसाय कुल बीमा व्यवसायको ४६.४१ प्रतिशत हो ।

बागमती प्रदेशमा बैदेशिक रोजगार म्यादी जीवन बीमा मात्रै १७ लाख ८५ हजार ५७० वटा पोलिसी जारी गरेर ८९ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कोशी प्रदेशमा विभिन्न बीमक कम्पनीहरूले १० लाख ६० हजार ४४० वाट पोलिसी जारी गरेर ५ अर्ब ८० करोड २८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

मधेश प्रदेशमा वैदेशिक रोजगारी म्यादी जीवन बीमा गर्ने ३ वाट बीमा पोलिसी र अन्य विभिन्न बीमा पोलिसी गरी कम्पनीहरूले ५ लाख ६४ हजार ३०२ वाट बीमा पोलिसी जारी गरेका छन् । उक्त पोलिसीबाट ४ अर्ब २८ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

गण्डकी प्रदेशमा ६ लाख ३ हजार ९१४ वाट बीमक पोलिसी जारी गरेर ४ अर्ब ९३ करोड ९३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा ९ लाख ७४ हजार ६५२ वाट पोलिसी जारी गरेर ७ अर्ब २४ करोड ४३ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।

कर्णाली प्रदेशमा १ लाख ८१ हजार ९७८ वाट पोलिसी जारी गरेर १ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

सूदुरपश्चिम प्रदेशमा ५ लाख ६ हजार ५१२ वाट बीमा पोलिसी जारी गरेर २ अर्ब ८४ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले गरेको कुल व्यवसायमध्ये सावधिक जीवन बीमा २० अर्ब ९० करोड २ लाख, अग्रिम भुक्तानीमा ११ अर्ब ६ करोड ४४ लाख, रुपान्तरित सावधिक ६ अर्ब ३६ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बालबच्चा सम्बन्धी बीमामा ७ अर्ब ४० करोड ४६ लाख, वैदेशिक रोजगारमा ८९ करोड ८ लाख, आजिवन जीवन बीमाम १ अर्ब ४१ करोड ६२ लाख, एकल बीमाम २९ करोड २८ लाख, म्यादी जीवन बीमाम ४५ करोड ८४ लाख, लघु जीवन बीमाम ६५ करोड ३१ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स