काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ ।
आइतबार कम्पनीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।