एनआईसी एशिया बैंकले पुस महिनाको लागि पनि घटायो ब्याजदर

काठमाडांै । एनआईसी एशिया बैंकले पुस महिनाका लागि फेरी ब्याजदर घटाएको छ । मंसिर महिनामा सबै भन्दा बढी ब्याजदर घटाएको एनआईसी एशिया बंैकले पुस महिनाका लागि पनि अझ ब्याजदर घटाएका छ ।

बैंकले पुस महिनामा बैंकले अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो।

यस अघि मंसिर महिनामा बैंकको अधिकतम ब्याजदर ८.९६८ थियो। यो वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा न्यून हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स