साइमेक्स इंकले बनायो भूकम्प सहायता कोष, जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावितलाई ११ लाख सहयोग

काठमाडौं । साइमेक्स इंकले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रीको अधिकारिक वितरक साइमेक्स इंकले जाजरकोट र रुकुम पूर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको छ । जस अन्तर्गत हरेक बीवाईडी डल्फिन बुक गरेमा १० हजार रुपैयाँ र बीवाईडी अटो थ्री बुक गरेमा २० हजार रुपैयाँ कम्पनीको भूकम्प सहायता कोषमा जम्मा हुनेछ ।

यो योजना मंसिर २३ गते सम्म लागू हुनेछ । यी बुकिङहरूबाट जम्मा भएको रकमले भूकम्प पीडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भने ‘अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफÞॉर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उनीहरूको सहयोगको कदर गर्नेछौँ।’

कम्पनीले पहिले पनि भूकम्प पीडितहरूको सहयोग गर्नका लागि एघार लाख रुपैयाँको सहयोग सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित हरुका लागि भनि प्रदान गरेका थियो । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ भने ‘यो कठिन समयमा हामी जाजरकोट र रुकुम पूुर्वका सहनशील गाउँ समुदायको साथमा छौँ। भूकम्प प्रभावितहरू प्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुनर्निर्माण प्रक्रियामा समर्थन हामी सबैको जिम्मेवारी हो ।’

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स