२ अर्ब ७९ करोडको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ५ हजारको कित्ता सेयर २ अर्ब ७९ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल रि इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८६ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्सको ९ करोड ५४ लाख, सोनापुर मिनरल्सको ९ करोड २७ लाख, माउन्टेन इनर्जीको ८ करोड ७६ लाख, ग्लोबल आईएमई बैंक प्रमोटर सेयरको ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स