डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ विजेता बैतडीका प्रताप सिंह थापालाई पुरस्कार प्रदान

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत बैतडीका प्रताप सिंह थापाले जितेका पुरस्कार रकम हस्तान्तरण गरिएको छ । स्थानीय डिलरदाई ध्वज वहादुर थलालको समन्वयमा देहीमाण्डौ, बैतडीमा एक कार्यक्रमको आयोजना गरि थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले नगद १ लाख लाख हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं. २ का अध्यक्ष सूर्य वहादुर थापा, सदस्य रज वहादुर वोहरा, वडा नं. ३ का अध्यक्ष अजव वहादुर पाण्डे, वडा नं. १ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानिय प्रहरी चौकी प्रमुख चेतु खड्का लगाएतका विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुको उपस्थितीमा स–सम्मान पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार सार्वजनिक गरेको थियो । उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्नुहुने हाम्रो आदरनिय ग्राहकहरु लाई हार्दिक धन्यवाद साथै हरेक हप्ता नगद १ लाख रुपैयाँ जित्न सफल भएका सम्पूर्ण विजेता लाई हार्दिक वधाई । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने छ जसबाट हाम्रा ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स