कोका–कोला बेभरेजेज नेपालको ‘कोक बडी’ एप सार्वजनिक

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो ।

नेपालभरका २५६ वितरकहरू र १५६,००० आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ । कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल–टाईम कनेक्टिभिटिलाई कायम राख्दछ । यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर दीपक नाथ सेन्थिलले भने, ‘हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ।’

अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि केवल प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सक्छन् । त्यसपछि उनीहरूले अफुले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ । हाम्रा आउट्लेटहरुको डिजिटल एक्स्पिरियन्सलाई अझै सुधार गर्न र उनीहरुको कार्य विधीलाई अझै प्रभावकारी बनाउन हामीले क्युआर कोडबाट मात्र भुक्तानिहरु लिने निर्णय गरेका छौँ ।

यस कोक बडी एपको मुख्य विशेषताहरु भनेको यसमार्फत जहाँबाट पनि जुन सुकै समयमा पनि मात्र एक मिनेटमा अर्डर गर्न सकिन्छ । त्यस्तै यस एपमा रियल–टाईम अर्डर म्यानेजमेन्ट, इन्भेन्टरी ट्रयाकिङ गर्नुको साथै प्रमोशन र मार्केटिङको लागि पनि सपोर्ट उपलब्ध हुन्छ । नेपालको अग्रणी एफएमसिजि मध्यको एक बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड आफ्ना भ्यालु चेनमा रहेका समस्त साझेदार डिस्ट्रिब्युटर र रिटेलरहरुको व्यापार सहज बनाउनको लागि कोक बडी एप लन्च गर्न पाउँदा गौरवान्वित महसुस गरेको कम्पनीले जनाएको छ ।

– चौबिसै घन्टा अर्डर (जुनसुकै समयमा, जहाँँबाट पनि अर्डर गर्न मिल्ने) : आउटलेटहरूको लागि अत्यन्तै सहज र सुविधाजनक
– वान–मिनेट अर्डरिङः सुव्यवस्थित अर्डरिङ प्रक्रियाले गर्दा आउटलेटहरूले एक मिनेटमै अर्डरहरू राख्न सक्छन् जसले गर्दा डाउनटाइम कम हुन्छ र अर्डरको
प्रभावकारिता पनि वृिद्ध हुन्छ
– रियल–टाईम अर्डर म्यानेजमेन्टः वितरकहरूले चाँडो र सही डेलिभरी सुनिश्चित गर्दै रियल टाईममा अर्डरहरू ट्र्याक गर्न सक्छन् ।
– इन्भेन्टरी ट्रयाकिङः यस एपले इन्भेन्टरी लेभलहरूको विस्तृत विवरण प्रदान गर्दछ जसले गर्दा स्टक आउटहरू रोक्छ र समग्र सप्लाई चेन व्यवस्थापनमा सुधार
हुन्छ ।
– प्रमोशन र मार्केटिङ सपोर्टः डिस्ट्रिब्युटर र आउटलेटहरूले एप मार्फत प्रत्यक्ष रूपमा प्रचार र मार्केटिङका सामग्रीहरू तथा आवश्यक जानकारीहरू अपडेटहरु
प्राप्त गर्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स