ग्लोबल आईएमई लघुवित्तमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमा डौं । बुधबार, नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ५५ हजारको कित्ता सेयर १ अर्ब १४ करोड १८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आईएमई लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । विजया लघुवित्तको ८.०७%, मन्दाकिनी हाइड्रोपावरको ७.८७%, मलुङ हाइड्रोपावरको ७.८३%, गणपति लघुवित्तको ७.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिंगटी हाइड्रोपावरको ९.१३%, सनराइज ब्लुचिप फण्डको ५.७३%, हिमालयन बैंक डिभेन्चरको ५.६६%, सवैको लघुवित्तको ४.९८%, मिथिला लघुवित्तको ४.५७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स