मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सभा आगामी पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आह्वान गरेको हो ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभाको अजेण्डामा अन्य बैंक तथा वित्तीय संस्थामा गाभिने वा गाभ्ने (मर्जरमा जाने) विषयलाई समेत प्राथमिकतामा राखेको छ । सम्भावित मर्जरका सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले प्रदान गर्ने अजेण्डा समेत पारित हुने बताइएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षककको प्रतिवेदनसहित सो आर्थिक वर्षको असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्ने लगायतका अजेण्डा समेत प्रस्तुत हुने बताइएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने भएको हुँदा मंसिर २७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स