निक्षेप तथा कर्जा सुरक्षण कोषको पोखरा शाखामा दिउँसै चोरी, घट्नालाई सामसुम पारियो

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको पोखरा शाखामा दिन दाहाडै दुई पटक चोरी भएको खुलासा भएको छ । कार्यालयमा यस्तो घटना घट्दा समेत सत्य तथ्य पत्ता लगाउनुको सट्टा प्रशासन प्रमुख र प्रमुख कार्यकारी अधिकृतको दवाबमा घटनालाई गुपचुप राखिएकोे छ ।

२०८० साल भदौ अन्तिम तिर बिदाको दिन कार्यालयबाट दिउँसै अपत्यारिलो ढंङबाट कार्यालयमा रहेको दुई वटा ल्यापटप मध्ये नयाँ ल्यापटप र सानो नगदी कोषको रकम समेत हराएको थियो ।

उक्त घटना पश्चात प्रहरी कार्यालयलमा उजुरी दिँदा प्रहरीको प्रारम्भिक अनुसन्धानले भित्रैबाट हराएको बाहिरको चोरले लग्ने सम्भावनै नभएकोले भित्रै मिलाउनु भनी गएको थियो । त्यसको लगत्तै कार्यालयको एक थान कम्प्युटर गायब हुनुकासाथै इन्भटरको ब्याट्री लगायत गेस्टरुमका सिरक डसना समेत परिवर्तन भै नयाँको सट्टा पुरानो राखेको पाइएको थियो ।

यस सम्बन्धमा शाखामा छलफल हुँदा तत्कालीन कार्यालय प्रमुखले गुप चुप राख्न चाहेको र निजको सरुवा भैसकेकोले सुटुक्क रमाना लिएर जान खोजे पनि कार्यालयका अन्य कर्मचारीले घटनाको टुंगो हुनु पर्छ भन्दै उनको रमाना दिन रोक्न खोजेका थिए । उक्त घटनाको विषयलाई लिएर केन्द्रीय कार्यालय जानकारी गराउँदा सत्य तथ्य पत्ता लगाउनुको सट्टा सबैलाइ दामासाही तिराउन प्रशासन विभागबाट दवाव आएको बुझिएको छ ।

कार्यालय प्रमुख बाहेक अन्य कर्मचारी गल्ती नगरेको सजाय भोग्न भन्दा जागीर राजीनामा दिन तयार भएपछि घट्नाले उग्ररुप लिदै गएको अवस्थामा प्रशासन प्रमुख र सीईओको ठाडो आदेशमा घट्ना सामसुम बनाइ दिए ।

स्मरण रहोस् पोखरा शाखा प्रमुख कोषको वार्षिक उत्सवमा सर्वोउत्कृष्ट कर्मचारीका रुपमा पुरस्कारबाट सम्मानित गरिएको कर्मचीरी हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स