एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज ४६ लाख ९८ हजारको कित्ता सेयर १ अर्ब ५४ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिंगटी हाइड्रो इनर्जीमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । सिभिल बैंक डिभेन्चरको ७.३६%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमको ४.२९%, माहुली लघुवित्तको ३.९२%, सेन्चुरी डिभेन्चरको ३.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, विशाल बजारको ९.५३%, माउण्टेन इनर्जीको ८.९४%, उन्नति सहकार्य लघुवित्तको ८.८१%, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको ८.१८%, एनआईसी एसिया डिभेनचरको ६.१५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स