जग्गामा, सेयरबजार र क्रिप्टोमा गएको लगानीबाट प्रतिफल ढिला आउँदा अर्थतन्त्रमा समस्या आयो: मन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा भित्री रूपमा गएको जाँदा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । यी क्षेत्रमा गएको लगानीबाट प्रतिफल आउन ढिला भएको अर्थतन्त्रमा समस्या आएको उनले बताएका हुन् ।

‘घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ’ उनले भने ‘ ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिश गरिरहेको छ ।’

देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको छ भन्नुभयो ।

उनले भने ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । ’ उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए ।

अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको हो भने । भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा अर्थतन्त्र सहज ढंगबाट अघि बढ्न सकेन ।

सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए । उनले भने ‘हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।’ आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिए ।

फरक प्रसङ्गमा अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पारे । उनले भने ‘अहिले त्यस्तो केही प्रक्रिया अघि वढेको छैन । हल्लामात्रै हो । यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझिराख्नुपर्यो । हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ ।’

यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उनले बताए । सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स